प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि साढे ३९ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले बुधबार प्रदेशसभामा ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।

प्रदेश सरकारको आन्तरिक राजश्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानतर्फ ४७ करोड ५० लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरण गरी जम्मा ३५ अर्ब ९६ करोड ६० लाख व्यहोर्ने बताए ।

बाँकी चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख खर्च व्यहोर्ने मन्त्री आङ्बोले बताए ।

प्रस्तावित बजेटको कार्यान्वयनबाट आगामी आर्थिक बर्ष २०७९÷८० को कुल ग्राहस्थ उत्पादन ८ खर्ब ५० अर्ब पुग्ने अनुमान सरकारको छ । त्यसैगरी आगामी आर्थिक बर्षको आर्थिक वृद्धिदर ६ दशमलव ४८ प्रतिशत पुग्ने दाबी गरिएको छ ।

उक्त विनियोजन मध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ र संघीय अनुदान बचत फिर्ता तर्फ २ अर्ब रहेको जनाइएको छ ।

सम्बन्धित खवर