हाङ चेम्जोङको निर्देशनमा ‘बेसी गोठ’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा ‘बेसी गोठ’ को छायाँकन सम्पन्न

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुर्वेली लोकभाकामा सजिएको गीत ‘बेसी गोठ’ को छायाँकन सम्पन्न भएको छ ।

गायीका कल्पना राई र गायक प्रकाश राईको सुमधुर आवाजमा सजिएको गीत ‘बेसी गोठ’ को भिडियोमा रुबेन खड्का, मालती राना, ऐशम लावती, कान्छी तामाङ, सफिना मगर, अस्मिना तामाङ, अञ्जलि तामाङ, आकृति तामाङ, सराना प्रधान, अनीता चौधरी, मंदिरा गोले, आषिस राई, मिसन राई, सौरब प्रधान, निश्चल तामाङ, आकाश तामाङ, सन्देस रखाल मगर र सुरज रखाल मागरको अभिनय रहेको छ ।

पुर्णिामा केरुङ्ग लिम्बू र जसु थेबेको शव्द रचनामा जिबिहाङ्ग राईको संगीत र संगीत संयोजन रहेको गीतको छायाँकन इसाक जवेगुले गरेका हुन् ।

एम.एन.एस.जी. ग्रुपको प्रस्तुति रहेको भिडियोलाई निमबाबू तामाङको कोरियोग्राफी तथा सन्जु थलङको मेकअपमा ललितपुर स्थित सिकाली चौरमा छायाँकन गरिएको गरिएको छ ।

सम्बन्धित खवर