क्यान्सर पिडित बिशाल राईलाई बचाउन सहयोगको अपिल - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यान्सर पिडित बिशाल राईलाई बचाउन सहयोगको अपिल

दमक । ताप्लेजुङको फुङलीङ ११ फावाखोलामा जन्मेर झापाको शिवसताक्षी ८ मा स्थाई बसोबास गर्दै आएका बिगत १ वर्ष यता क्यन्सर (सिकेलसेल एनिमिया रगत उत्पादन नहुने) रोगले थलिएका बिशाल राईलाई बचाउन सहयोगको अपिल गरिएको छ ।

बिशाल दुमी राई बचाउ अभियान समिति दमक झापाले बुधबार पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलनको आयोजना गरी सिभिल हस्पिटल मिनभवन काठमाडौंमा उपाचरको लागि भर्ना गरिएका बिशालको थप उपचारको लागि देशबिदेशमा रहेका मनकारी, सहयोगी सर्वसाधारण सवैमा अर्थिक सहायोगको लागि अपिल गरिएको हो ।

डक्टरको सल्लाह अनुसार रगत परिवर्तन गर्न उपचार लामो समय सम्म लाग्ने र उक्त उपचार खर्च करिव ३० लाख देखि ४० लाख सम्म लाग्ने भएकोले पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर भएकै कारण घरको जायजेथा समेतले धान्न नसक्ने भएपछि सहयोगी मनहरुमा सहयोगको अपिल गरेको बिशाल दुमी राई बचाउ अभियान समितिका संयोजक बल बहादुर राईले बताए ।

विरामीको सहयोगको लागि
संयोजक : बल बहादुर राई/धिरज राई
सपर्क न. : ९८२४९०२७२०
सेन्चुरी बैक
बैंक खाता नं. 0570001530C5

सम्बन्धित खवर