अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो


एजेन्सी । अफगानिस्तानमा बुधबार गएको भूकम्पबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । एक हजार पाँच सय भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बुधबार बिहान १.३० बजे भूकम्प गएको हो ।

तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताए । निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बीबीसीले जनाएको छ ।

यसैबीच तालिवानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । बीबीसीका अनुसार अफगानिस्तानमा अहिले संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गरिरहेको छ ।

सम्बन्धित खवर