घरेलु तथा लैगिक हिंसा न्यूनीकरण सम्बन्धि चेतना मुलक गोष्ठी सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

घरेलु तथा लैगिक हिंसा न्यूनीकरण सम्बन्धि चेतना मुलक गोष्ठी सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

कुम्माययक । कुम्माययक गाउँपालिका स्थित रानिगाउँको वडा नम्बर ४ मा घरेलु तथा लैग्गिक हिंसा सम्बन्धि चेतना मुलक एक दिने गोष्ठी आज बिहिबार सम्पन्न भएको छ ।

वडाको केन्द्र तिङ्देन जनभवनमा भएको सो गोष्ठीमा समाज भित्र घरेलु तथा लैगिक हिंसा दिनानुदिन बढनुमा मादक पदार्थ सेवनका कारणले भएको इलाका प्रहरी यासोकका प्रमुख बुद्धि चोङ्बाङ्ले बताए ।

उनले समाज भित्र घरायसी झैझगडा तथा अपराधिक क्रियाकलापका उजुरी बढ्नु पनि मादक पदार्थ सेवनको कारणले भएको तत्य प्रष्ट पारे । सदियौ देखि हाम्रो समाज घरेलु हिंसाले आक्रान्त भएको कुरा सिद्ध माध्यमिक बिधालयका प्रधान अध्यापक नरेन्द्र सम्बाहाम्फेले बताए ।

घरेलु हिंसाले मानिसको मर्यादालाई बिथोल्ने घरको आर्थिक अवस्था कम्जोर तुल्याउने र अन्य सदस्य तथा बालबालिकालाई समेत असर पर्ने सम्बाहाम्फेको भनाइ छ । जाड रक्सि धेरै सेवन गरेपछि दिमाग तथा स्नायु प्रणालीमा प्रत्यक्ष असर पुर्याएर दैनिक जिवनलाई प्रभाव पार्ने गरेकोले स्वास्थ्यको लागि पनि ध्यान पुर्याउनु पर्ने जरुरी भएको बताए ।

समाज रुपान्तरण गर्न सास्कृतिक परम्पराको रूपमा सेवन गर्दै ल्याएको भन्दै मादक पदार्थ सेवनको कारक तत्वको न्यूनीकरण गर्नैपर्ने गोष्ठीका सहजकर्ता ओम निरौलाले बताए । हाम्रो समाजमा पुरातन सस्कारको रूपमा रहेको लिङ्गको आधारमा गरिने विभेद गर्ने आचरणमा सुधार गर्दै समानन्तर र ब्यबहारिक बनाउनु पर्ने पनि निरौलाको भनाइ रहेको थियो ।

गोष्ठीमा वडा अध्यक्ष फगेन्द्र सम्बाहाम्फ,े वडा सदस्यहरु धन माया तामाङ, बिमला महरा साथै समाजसेवी नेत्रप्रसाद सम्बाहाम्फे, पाँचथर एफएमका स्टेसन प्रमुख एल बि लावती लगायत जनता समाजवादी पार्टीका वडा अध्यक्ष भगिमान सम्बाहाम्फे, सुर्यदिप सम्बाहाम्फे, नेपाली काङ्ग्रेस वडासभापति हरि सम्बाहाम्फेको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा सदस्य छवि खजुमको अध्यक्षतामा सम्पन्न भएको थियो भने घरेलु तथा लैग्गिक हिंसा बारे चेतनामुलक कार्यक्रम सञ्चालन भएकोमा मनराज सम्बाहाम्फे तथा धनमाया सम्बाहाम्फे लगायतका ५० जना भन्दा बढी उपस्थितिले खुशी व्यक्त गरेका थिए । सोही गोष्ठी कार्यक्रममा समाज भित्र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले हिंसा न्यूनीकरणका लागि पदम सुखी सम्बाहाम्फेको सम्योजगत्वमा एक समिती पनि गठन भएको थियो ।

 

सम्बन्धित खवर