किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न

  • योगेस लावती

माङसेबुङ । इलामको माङ्सेबुङ–५, मा किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ ।

आज बिहिवार किरात लिम्बू भाषा कक्षा १२ को परिक्षा श्री सरस्वती माध्यमिक बिधालयमा सफलतापुर्वक सम्पन्न भएको हो । परीक्षामा झापा, इलाम, धनकुटा, सुनसरी, पान्थर, मोरङ लगायतका ३० जना परीक्षार्थीहरु सहभागी भएका थिए ।

पुर्वको ताप्लेजुङ, पान्थर, इलाम तीन जिल्लाहरुमा लिम्बू भाषाको परीक्षा हुदैछ । यसैगरी पान्थरको पृथ्वी माबि यासोक, खलंगाटार माबि याङनाम, सत्येहाङमा माबि इम्बुङ, ताप्लेजुङको सेवा माबि फक्ताङलुङ गाउँपालिका र इलामको सरस्वती माबि माङ्सेबुङ लगायत परिक्षा केन्द्रमा परीक्षा भएको भाषा शिक्षक दिलबिर सेर्माले बताए ।

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । यसैगरी भोलि शुक्रबार कक्षा ११ को परीक्षा हुने जनाइएको छ ।

सम्बन्धित खवर