माङ्सेबुङ गाउँपालिकामा किरात लिम्बू भाषा, सरकारी कामकाजी भाषा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङ गाउँपालिकामा किरात लिम्बू भाषा, सरकारी कामकाजी भाषा

  • योगेश लावती

माङसेबुङ । माङ्सेबुङ गाउँपालिकाले किरात लिम्बू भाषालाई सरकारी कामकाजिको भाषा बनाउने भएको छ ।

गाउँपालिकाको ११ औ गाउँसभाले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउने घोषणा गरेको हो ।

माङ्सेबुङ गाउँपालिकामा बहुल्य जनसंख्याले बोल्ने किरात लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने भएको हो । पालिकामा लिम्बू भाषिक कर्मचारीको ब्यवस्था गरि कार्य संचालन गर्ने बताइएको छ ।

लिपिमा किरात सिरिजङ्गा लिपिको प्रयोग गरिने छ । गाउँपालिकाभित्र ३६ प्रतिशत रहेको राईहरुको मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा वान्तावा भाषिक कर्मचारीको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।

माङ्सेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू र ३६ प्रतिशत राई जातिहरूको बसोबास रहेको छ । पालिकाभित्र सबैभन्दा धेरै लिम्बूहरूको बसोबास रहेको छ । जातिय बहुसंख्यकको आधारमा प्रत्येक वडामा भाषिक कर्मचारीहरुको ब्यवस्था गरिने नीति कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको सम्मानको लागि फाल्गुनन्द मार्गको नामकरणको लागि फहल र फाल्गुनन्द पार्क निर्माण गर्ने जनाइएको छ ।

पालिकामा सम्पुर्ण जातिहरुको भाषा, लिपि, धर्म, कला सस्कृतीको संरक्षण सम्बर्द्धनको लागि नीति अवलम्बन गर्ने बताएको छ ।

यसअघि माङ्सेबुङ ५ मा २०७५ साल देखिनै लिम्बू भाषा कामकाजी भाषा घोषणा भएको हो ।

सम्बन्धित खवर