आदिवासी चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज राई चयन - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज राई चयन

दमक । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को अध्यक्षमा ज्योतिराज राई चयन भएका छन् ।

बिहिबार इटहरीमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ ।

उपाध्यक्षहरुमा दिप नारायण राजबंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल त्यसैगरी कोषाध्यक्षमा पेशल कुमार सुनुवार चयन भएका छन् ।

समितिको अन्य पदाधिरकारी तथा सदस्यहरु शुक्रबार  चयन गर्ने महासंघ प्रदेश १ का नवनिर्वाचित उपाध्यक्ष तुम्बाहाम्फेले बताए ।

आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र वृद्धिविकासको लागि सबै प्रदेशहरुमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

सम्बन्धित खवर