आदिवासी जनजातिको भाषा सस्कृती संरक्षण प्रवर्द्धन सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजातिको भाषा सस्कृती संरक्षण प्रवर्द्धन सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आदिवासी जनजातिको भाषा सस्कृती संरक्षण एवं प्रवर्द्धन सम्बन्धि दुई दिने गोष्टि शनिबार सम्पन्न भएको छ ।

आदिवासी जनजाति महासंघ कुम्मायकको आयोजनामा भएको सो गोष्टिमा तिनसय भन्दा बढी आदिवासी जनजातिको सहभागिता रहेको थियो ।

भाषा हराए जाती हराउँछ त्यसैले प्रत्येक आदिवासी जनजातिले आआफ्नो घरको परिवार सङ्ग मातृभाषा अनिवार्य प्रयोग गर्नुपर्ने गोष्ठीमा जनाइएको थियो ।

गोष्टिको सहजकर्ता दिलेन्द्र कुरुम्बाङका अनुसार कुनैपनी बस्तु मरेपछि त्यसलाई ब्युताउन नसकिने कुरा सहभागीहरुलाई बताएका थिए । त्यसैले भाषा सस्कृतीको जगेर्ना गर्न राज्यको मुख मात्र ताकेर बस्न नहुने बताउदै आआफ्नो भाषा कला सस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नमा स्वयं आफैले अग्रसरता देखाउनुपर्ने कुरुम्बाङ्को भनाइ थियो ।

सम्बन्धित खवर