ब्राउन सुगर सहित दमकबाट ३ जना पक्राउ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्राउन सुगर सहित दमकबाट ३ जना पक्राउ


दमक । लागुऔषध ब्राउन सुगर सहित झापाको दमकबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दम ५ स्थित गोर्खाली टोलबस्ने २६ वर्षिय प्रकाश राई, २६ वर्षिय प्रवेश राई र ३० वर्षिय भानुभक्त सुन्दास रहेका छन् ।

सोमबार बेलुका ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको विशेष टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट डिजिटल तराजु सहित लागुऔषध ब्राउन सुगर २१ ग्राम ५ सय ९० मिलिग्राम बरामद गरिएको छ ।

 

 

सम्बन्धित खवर