माङसेबुङमा फिचर लेखन तालिम सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा फिचर लेखन तालिम सम्पन्न

  • दीपा फुरुम्बो ‘लिलाहाङमा’

माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित श्री सरस्वती माध्यमिक बिध्यालयमा पत्रकारितामा फिचर लेखन तालिमको समापन गरिएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा आईतबार देखि सुरु भएको सो तालिमको बुधबार समापन गरिएको हो ।

अतिथि किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुमले दीप प्रज्जलन गरि तालिमको समापन कार्यक्रमलाई समुद्घाटन गरेका थिए ।

चार दिन सम्म चलेको तालिममा सञ्चारकर्मीद्वय कमन देवान र आङबुहाङ अबोध अविरले सहजीकरण गरेका थिए । भने १२ जनाले प्रशिक्षण लिएका छन् ।

सो तालिममा माङसेबुङ गाउँपालिकाको हरेक वडाबाट १ जनाको दरले प्रशिक्षार्थी सहभागिता गराउन वडाहरुलाई परिपत्र गरिए पनि प्रतिकूल मौसमका कारण सबै वडाबाट सहभागिता हुन नसकेको समापन कार्यक्रमका अध्यक्ष ज्ञानु केदेमले बताए ।

समापन कार्यक्रममा अतिथिहरु किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय उपाध्यक्ष होम लिङदेन, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष दुध बहादुर लावती, प्रशिक्षक कमन देवान र प्रशिक्षर्थीको तर्फबाट योगेस लावतीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष खगेन याक्खा, फाल्गुनन्द बोर्डिङ स्कुलका प्रिन्सिपल जलन आङबुहाङ, किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका व्यावस्थापन समिति अध्यक्ष मदन इङनाम लगायको उपस्थिति रहेको थियो ।

माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा.लि. द्वारा प्रकाशित माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा स्वागत मन्तव्य फोटो पत्रकार सेलिङ सेन्दो प्रविनले राखेका थिए । भने कार्यक्रम सञ्चालन सह सम्पादक काकीराम लावती ‘आन्छुमे नसान’ले गरेका थिए ।

 

सम्बन्धित खवर