मंसिर २ मा प्रदेश र प्रतिनिधिसभाको चुनाव गर्न आयोगको सिफारिस - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंसिर २ मा प्रदेश र प्रतिनिधिसभाको चुनाव गर्न आयोगको सिफारिस


काठमाडौं । आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगले सिफारिस गरेको छ ।

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारी टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते निर्वाचन गर्न सिफरिस गरेका हुन् ।

आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई निर्वाचनको तयारीका लागि चाहिने १ सय २० दिनको समय छुट्ट्याएर ढिला नगरी मिति घोषणा गर्न आग्रह गरेको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा एकै दिन गर्न सुझाव दिएको हो । निर्वाचनको मिति आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।

यसैगरि सरकारलाई आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोग बढाउँदै जानुपर्ने सुझाव समेत दिएको जनाएको छ ।

सम्बन्धित खवर