जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार गरिएको छ ।

जापानको पश्चिमी शहर चुनावी भाषणका लागि नारा सहरमा गएका बेला आवेमाथि एक व्यक्तिले गोली प्रहार गरेका हुन् ।

आवे भाषण गरिरहेको अवस्थामा पछाडिबाट छातीमा गोली प्रहार भएको थियो । प्रहरीले आवेमाथि गोली प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ती आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको स्थानिय प्रहरीले जनाएको छ । उनी नारा सिटीकै बासिन्दा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैगरि जापानी समाचार संस्था द जापान टाइम्सले जनाए अनुसार उनको अवस्था गम्भीर रहेको छ ।

आफ्नो स्वास्थ्य अवस्था जिटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा आवेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री रहेका थिए ।

आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेतामा पर्छन् ।

सम्बन्धित खवर