दमक नगरमा सेवा प्रवाहलाई सहज बनाउन सरकारी कार्यालय प्रमुखहरुसँग छलफल - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक नगरमा सेवा प्रवाहलाई सहज बनाउन सरकारी कार्यालय प्रमुखहरुसँग छलफल

दमक । नगरमा सेवा प्रवाहलाई सहज बनाउने बिषयमा दमक नगरपालिकामा रहेका सरकारी कार्यालयका प्रमुखहरुसंग छलफल गरिएको छ ।

ईलाका प्रशासन कार्यालय, बिद्युत प्राधिकरण, सडब डिभिजन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसंग प्रभावकारी सेवा प्रवाह गर्नेे बिषयमा दमक नगरका प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले छलफल गर्नु भएको हो ।

नगर प्रमुख राम थापाको अध्यक्षतामा दमक नगरापालिकामा भएको छलफलमा नगर उप प्रमुख रेगिना भट्टराईले नगरबासीका गुनासाहरु र कार्यालयहरुले सुधार गर्नु पर्ने कुराहरुका बारेमा चर्चा गरेकि थिइन् ।

उनले नागरिकता, पासपोर्ट लिँदा हुने कानुनी प्रक्रियालाई अझ चुस्त बनाउनु पर्ने, बैदेशिक रोजगारीमा जानेहरुलाई सुरक्षित आप्रबासनका बारेमा सचेतना प्रदान गर्नु पर्ने, मालपोत र नापीमा हुने प्रक्रियालाई चुस्त बनाउनु पर्ने, बिद्युतका पोलहरु कतिपय ठाउँमा बाँस गाडेर समेत घर सम्म लैजानु पर्ने अवस्थालाई हटाउनु पर्ने, सडकका खाल्डा खुल्डीहरु पुर्नुपर्ने जस्ता कुराहरुमा बिभागिय कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई जानकारी गराएकि थिईन ।

छलफलमा सहभागी कार्यलय प्रमुखहरुले पहिलो पटक स्थानिय तह प्रमुख, उपप्रमुखसंग बसेर सेवा प्रबाहका बिषयमा छलफल भएको भन्दै आगामी दिनमा कार्यालयबाट हुने सेवालाई चुस्त र सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख उमेश पाण्डेले सुरक्षित आप्रबासनका लागि काम गर्ने र मतदाता नामावली सार्न चाहनेहरुका लागि पनि दमकबाटै सेवा दिनको लागि पहल गर्ने बताए ।

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले शान्ति सुरक्षालाई अझ प्रभाबकारी बनाउने बताए । यस्तै सडक बिभागका प्रतिनिधिले सडकमा देखिएका खाल्डा खुल्डीलाई तत्काल मर्मत गर्ने प्रतिबद्धता जनाए ।

बिद्युल प्राधिकरण दमक वितरण केन्द्रका प्रमुखले मेनलाईनबाट घर सम्म लैजान बाँसका पोल बनाएका ठाउँमा तत्कालै पोल उपलब्ध गराउने बताए ।

दमक नगरका मेयर थापाले सबै कार्यालयका प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्दै यसरी नै थप कार्यक्रमहरु गर्दै अघि बढ्न र दमक नगरलाई समृद्ध बनाउन सहयोगको अपेक्षा राखेका थिए ।

त्यसैगरी नगरपालीकाका प्रमुख कार्यकारी अधिक्रित शशि राईले काम गर्ने क्रममा देखिएका समस्या समाधानका लागी समय समयमा यसै गरी सामुहिक छलफल गरी सहज बतावरण बनाउने भन्दै नगरबासीलाई सहज सेवा प्रबाह गर्नुनै आफुहरुको पहिलो दायित्व भएको बताए ।

 

सम्बन्धित खवर