जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधन - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधन


एजेन्सी । गोली प्रहारपछि  गम्भिर घाईते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधन भएको छ ।

जापानको समाचार एनएचके वर्ल्डले लिबरल डेमोक्रेटिक पार्टीलाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आवेको निधन भएको जानकारी दिएको छ ।

जापानको पश्चिमी शहर नारा सहरमा शुक्रबार विहान चुनावी भाषण गरिरहेको अवस्थामा पछाडिबाट छातीमा आवेमाथि गोली प्रहार गरिएको थियो । आवेमाथि गोली प्रहार गर्ने तेत्सुया यामागामीलाई प्रहरीले पक्राउ गरेको छ ।

आवे जापानमा सबैभन्दा लामो समय करिब ८ वर्षसम्म कार्यकारी पदमा रहने नेतामा पर्छन् ।

सम्बन्धित खवर