एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् ।
श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति राजापाक्षेले सरकारी निवास छाडेका हुन् ।
प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै राष्ट्रपति भवनभित्र प्रवेश गरेर सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेको सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।
यसैगरि प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् ।
श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ । प्रहरीले कर्फ्यु उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने बताएको छ ।