आज श्रीलंकामा संसदबाट राष्ट्रपति चयन गरिँदै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज श्रीलंकामा संसदबाट राष्ट्रपति चयन गरिँदै


एजेन्सी । आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न श्रीलंकामा संसदबाट नयाँ राष्ट्रपति चयन गरिँदैछ ।

राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि आज बुधबार संसदबाट नयाँ राष्ट्रपति चुन्न लागिएको हो ।

२ सय २५ सदस्यीय सदनबाट बहुमतको आधारमा श्रीलंकाले नयाँ राष्ट्रपति पाउने भएको छ ।

राष्ट्रपतिको प्रतिस्पर्धामा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे छन् । विपक्षी उम्मेदवार दुल्लास अल्हाप्परुमा र अनुराकुमारा पमीसँग उनको प्रतिस्पर्धा हुनेछ ।

यसअघि पूर्वराष्ट्रपति राजपाक्षले आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि श्रीलंका छाडेका थिए ।

सम्बन्धित खवर