- सुक योङहाङ
कचनकवल । झापाको कचनकवल २ पथरिया निवासी खिम प्रसाद भट्टराई दाम्पतीद्धारा बुधबार आफ्नो जन्मदिनको अवसरमा बिरामी बि.बि. केरुङलाई आर्थिक सहयोग गरेका छन् ।
बिगत २ वर्ष देखि कचनकवल गाउँपालिका १ घेरावारीमा बस्दै आएका लोक संगीतकार केरुङलाई भट्टराई दाम्पतीले नगद ५ हजार २० रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।
साना किसान कृषि सहकारी संस्था लि. पथरियाका प्रवन्धक भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर प्रतेक वर्ष आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई ५ हजार आर्थिक सहयोग दिने बताए ।
बिगत ८ महिना देखि थलिएर बसेका केरुङको छरछिमेक साथीभाईबाट आर्थिक संकलन गरि सुरुमा पथरीयाको अप्रेसन गरिएको थियो । त्यसपछि भने उनी झनै थलिएका हुन् ।
‘अहिले आएर डक्टरले क्यान्सरको संका गरेको छ । दवाई खानको लागि पनि पैसा छैन ।’ भेटमा वि.वि.केरुङले भने, ‘सवै देश विदेशमा वस्नुहुने मनकारी महहानुभावहरुलाई अनुरोध गर्न चाहान्छ्, म बाँच्न चाहान्छु, मलाई बचाई दिनुहोस ।’
बिरामीको सहयोगको लागि
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (बनियानी ब्रान्च)
खाता न.: ०२२०१९००१६०३४७०००००१ (बम बहादुर केरुङ)
सम्पर्क :
बिरामी बि.बि.केरुङ : ९८१०१८८०५५
सुक योङहाङ : ९८०४९५५५९३