एजेन्सी । मंकीपक्सको प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् ।
मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी रहेको समेत जनाएको छ ।