तेह्रथुम । पोक्लाबाङ यक माङगेना लुङधुङ थामरुङ फेदापले कार्यालय स्थापना गर्दै संचालनमा ल्याएको छ ।
शनिबार फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा बिगत एक बर्ष अघि दर्ता भएको संस्थाले पोक्लाबाङ यक माङगेना लुङधुङ थामरुङ फेदाप कार्यालय स्थापना गर्दै संचालनमा ल्याएको हो ।
लिम्बु जातिको माङगेना यकसंग जोडिएका विभिन्न ऐतिहासिक, पुरातात्विक स्थल गढहरु तथा साँस्कृतिक, भाषिक, साहित्यिक संरक्षण प्रबर्द्धन साथै पर्यटन बिकास एवंम् सामाजिक क्षेत्रहरुमा कार्य गर्ने उदेश्यले कार्यालय संचालनमा ल्याएको जनाएको छ ।
यस संस्थाले दर्ता पछि विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ । पुरानो फेदापमा रहेका १८ थरी लिम्बुहरुको प्रतिनिधि मुलक संस्थाको रूपमा स्थापना भएको यश संस्थाको कार्यक्षेत्र हाल तेह्रथुम जिल्ला भरी रहेको छ ।