पाकिस्तानमा चौबिस घण्टाभित्र बाढीका कारण ३६ को मृत्यु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाकिस्तानमा चौबिस घण्टाभित्र बाढीका कारण ३६ को मृत्यु

भदौ १५, एजेन्सी । भारी वर्षापछिको बाढीले बितेको २४ घण्टा अवधिमा पाकिस्तानमा ३६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अनुसार एक हजार नौ सय ४१ जना घाइते भएका छन् ।

एनडिएमएले मंगलबार साँझ प्रकाशन गरेको विज्ञप्ति अनुसार पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण वर्षाबाट सबभन्दा बढी प्रभावित भएको जनाएको छ ।

यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जना घाइते भएका एनडिएमएले जनाएको छ । यसैगरि खैबर पाख्तुन्ख्वा प्रान्तमा नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ ।

पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक सय ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले जानकारी दिएको छ ।

यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका जनाइएको छ ।

सम्बन्धित खवर