सिकसम्बा दिपेन्द्र सेलिङ कियाचु ३४औं स्थापना दिवसमा सम्मानित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिकसम्बा दिपेन्द्र सेलिङ कियाचु ३४औं स्थापना दिवसमा सम्मानित

भदौ १८, दमक । झापाको दमकमा अवस्थित श्री पृथ्वी मा.वि.मा कार्यरत लिम्बु भाषा सिकसाम्बा(शिक्षक) दिपेन्द्र सेलिङ सम्मानित भएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा अवस्थित अतिथि सदनमा सम्पन्न किरात याक्थुङ् चुम्लुङको ३४औं स्थापना दिवस अवसरमा सिकसाम्बा सेलिङ सम्मानित भएका हुन् ।

सिकसाम्बा सेलिङलाई कार्यक्रममका प्रमुख अतिथि कियाचु संघीय सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद् १ न.ं प्रदेश अध्यक्ष, कियाचु लिम्बुवान् प्रदेश कार्य समितिका पूर्व अध्यक्ष सह–प्राध्यापक ध्रुवकुमार मेन्याङ्वाले दोसल्ला ओडएर सम्मान पत्रले सम्मान गरेका थिए ।

सेलिङलाई लिम्बु भाषा शिक्षणमा योगदान पु¥याएकोमा सम्मान गरिएको हो । उनी दमकमा अवस्थित श्री पृथ्वी मा.वि.का लिम्बु भाषा शिक्षक हुन् ।

सेलिङसँगै कियाचु झापा शाखाका पूर्व जिल्ला अध्यक्ष ४ जनालाई सम्मान गरिएको थियो भने ४ जना विद्यार्थीलाई विभिन्न शिर्षकको छात्रवृत्ति प्रदान गरिएको थियो ।

सम्बन्धित खवर