फाकफोकथुममा शान्तिपूर्ण नैतिक दबाव समिति गठन - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाकफोकथुममा शान्तिपूर्ण नैतिक दबाव समिति गठन

असोज ५, इलाम । बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा माग गर्दै नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले मंगलवार मानबहादुर थेगिमको संयोजकत्वमा २५ सदस्यीय शान्तिपूर्ण नैतिक दबाव फाकफोकथुम गाउँपालिका समिति गठन भएको छ ।

समितिको सह संयोजकमा अगम वान्तावा, सचिवमा मनिकुमार लिम्बू र अर्थ संयोजकमा नगेन्द्र थेगिम चयन भएका छन् ।

समितिको सदस्यहरुमा रत्नबहादुर लिम्बू, चन्द्रबहादुर थेगिम, टिका योङहाङ, नन्दलाल फियाक, कृष्णबहादुर लिम्बू, नरेन्द्र नेम्बाङ, भीमबहादुर लिम्बू तेजबहादुर लिम्बू, दिलबहादुर लिम्बू, श्यामलाल लिम्बू, घनेन्द्र लिम्बू रहनु भएको छ ।

यसैगरी वीरपन लिम्बू, दिलहाङ सबेन्हाङ, उमा राई, पञ्चमाया राई, कूलबहादुर राई, भीमबहादुर लिम्बू, अनिसा फागो, सोम लिम्बू, कूलमाया आङदेम्बे र कृष्ण थेगिम लगायतको दबाव समिति गठन भएको छ ।

बहुपहिचानको आधारमा प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गर्दै राजनीतिक दलका नेताहरुलाई नैतिक दबाब सिर्जना गर्ने उद्देश्यले गठन भएको शान्तिपूर्ण नैतिक दबाव समितिले पहिलो चरणको कार्यक्रम अन्तर्गत संगठन विस्तार गरिरहेको छ ।

पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउन लाई शान्तिपूर्ण नैतिक दबाब समितिले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भईसकेको समितिले जनाएको छ । भने, विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

सम्बन्धित खवर