‘मुक्कुमलुङ बचाऔं’ भन्दै ताप्लेजुङ बन्दको आह्वान, सवारीसाधन पुर्णरुपमा बन्द - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘मुक्कुमलुङ बचाऔं’ भन्दै ताप्लेजुङ बन्दको आह्वान, सवारीसाधन पुर्णरुपमा बन्द

असोज ८, ताप्लेजुङ । ‘मुक्कुमलुङ बचाऔं’ नाम दिएर आन्दोलनरत किरात याक्थुङ चुम्लुङ र मुकुमलुङ संयुक्त संघर्ष समितिले असोज ९ देखि १३ गतेसम्म ताप्लेजुङमा सवारीसाधन बन्दको कार्यक्रम घोषणा गरेको छ ।

मुक्कुमलुङ बचाउन कथित पाथीभराको विरुद्ध ताप्लेजुङ बन्दको आब्हान गर्दै ताप्लेजुङमा सवारीसाधन पुर्णरुपमा बन्दको कार्यक्रम घोषणा गरेको हो ।

पाथीभरा साँस्कृतिक अतिक्रमण नाममा सर्बोच्च अदालतमा बिचाराधिन मुद्धाको बेवास्था गर्दै, पाथीभरा महोत्सव आयोजना गरिएको हुँदा महोत्सव रोक्न माग गर्दै ताप्लेजुङ बन्दको आब्हान गरेको जनाएको छ ।

‘पाथीभरा म्याराथन तथा पर्यटन महोत्सब २०७९’ को आयोजना पाथीभरा क्षेत्र विकास समितिले यहि असोज ११, १२ र १३ ताप्लेजुङमा गर्ने कार्यक्रम तय गरेको छ ।

लिम्बू समुदायको अस्तित्वसँग जोडिएको मुक्कुमलुङलाई लामो समयदेखि राज्यले साँस्कृतिक अतिक्रमण गरेको हुँदा सर्बोच्च अदालतमा मुद्धा बिचाराधिन भएको हुनाले पाथीभराको नाममा कुनै पनि कृयाकलाप गर्न नहुने आन्दोलनरत पक्षको जिकिर छ ।

‘मुक्कुमलुङ बचाऔं’ नाममा भईरहेको आन्दोलनमा लिम्बू समुदायको सर्बोच्च संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बू थरगत संस्था, मुकुमलुङ संयुक्त संघर्ष समिति लगायत आवद्ध रहेको छ ।

 

सम्बन्धित खवर