रानिगाउँको रोहटे पिङ यस बर्ष पनि लगाइने तयारी - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रानिगाउँको रोहटे पिङ यस बर्ष पनि लगाइने तयारी

  • पदम सुखी सम्बाहाम्फे

असोज ११, पान्थर । पान्थर जिल्लाको कुम्मायाक ४ स्थित रानिगाउँमा बर्षेनि लगाइदै आएको रोहटे पिङ यस बर्ष पनि लगाइने भएको छ ।

परम्परागत रूपमा लगाइदै आएको यस रोहटे पिङ कोरोना भाइरसको सङक्रमण कालका समयमा केही बर्ष झन्डै बन्द हुन पुगेको थियो । ऐतिहासिकता बोकेको यस रोहटे पिङ निर्माणका लागि कुम्मायक गाउँपालिकाले पनि आर्थिक सहयोगको ब्याबस्थापन गर्ने भएको छ ।

समाजसेवी दलबहादुर चेम्जाङको भनाई अनुसार सन १८५० ताका पृथ्वीनारायण शाहको शासनकालमा अहिलेको सिडिओ स्वसरहको अधिकार प्राप्त जाँचे दर्जा पाएर आएका हस्तबहादुर पाण्डेले गाउँमा अपुङ्गी राज चलाई रहेका लिम्बुवानका लिम्बू समुदायलाई पिङ लगाउन प्रेरित गरेका थिए ।

त्यतिबेला पान्थर र तेह्रथुम जिल्लाको सङ्युत्त बजार हालको कुम्मायक गाउँपालिका स्थित वडा नम्बर ३ हात्ती पोखरीमा रहेको र जुन समयमा सन्दीशर्पण तथा सबै भुगोल हेर्ने जिम्मा पाएका पाण्डेले यस भेकका अपुङ्गी लिम्बु शासकहरुलाई विभिन्न प्रलोभन र हौसला बाडदै बर्षमा एकचोटि भुइँ छोड्नु पर्ने धर्मशास्त्रमा उखान रहेको बताउदै लिङ्गे पिङ तथा अन्य पिङ लगाउने प्रचलन ल्याइएको चेम्जोङको कथन छ । जुनबेला पिङ खेल्दै चा चा हुइया भन्ने शब्द रमाइलो तथा सो शब्द खुशियालिको अभिव्यक्ति भएको सुनेको पनि वहाँले बताए ।

१८५० भन्दा अगाडी पौवापाटी पिङ तथा मौलो रोप्ने चलन लिम्बू सस्कारमा नभएको तर हस्तबहादुर पाण्डेले लिम्बुहरुलाइ सुब्बाको दर्जा दिएर पिङ हाल्न लगाइएको सुनेको चेम्जोङ्को भनाइ छ । हाल रानिगाउमा रहेको उक्त रोहटे पिङ हात्तिपोखरी बाट चुङ्जिके खोला हुँदै सारिएको पनि बताइन्छ ।

त्यसपछि स्वः भुवनबिर र बिक्रम सम्बाहाम्फेले नयाँ आकारमा बकसे पिरा बनाएपछि यो पिङ सालिन्दा लगाइदै आएको छ । उक्त पिङ् निर्माणकार्यका लागि अन्तिम तयारीमा रहेको बताइएको छ । परम्परागत रूपमा घटस्थापनापछि पन्चमी तिथिको दिन पिङ लगाइदै आएको सरोकारवाला युवाहरूले बताएका छन ।

सम्बन्धित खवर