कियाचु लिम्बूवान प्रदेशद्वारा ४ सदस्य तथा १३ सल्लाहकार मनोनित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु लिम्बूवान प्रदेशद्वारा ४ सदस्य तथा १३ सल्लाहकार मनोनित

कातिक ६, बिर्तामोड। किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको बैठकले प्रदेश सदस्यमा चार जना र सल्लाहकारमा १३ जना मनोनीत गरेको छ ।

किरात याक्थुङ्् चुम्लुङ् लिम्बुवान प्रदेश कार्य समितिको आइतवार विर्तामोडस्थित किरात याक्थुङ् चुम्लुङ् विर्तामोड नगर शाखा कार्यालयमा बसेको नियमित बैठकले बिक्रम वनेम फागो, जितेन पन्दाक, मौसम माखिम र गीता खजुमलाई मनोनित गरेको हो ।

यसैगरि चुम्लुङको लिम्बुवान प्रदेश समितिको मनोनित सल्लाहकारहरुमा संविधान सभा सदस्य तथा पूर्व संघीय मन्त्री श्रीप्रसाद जबेगु, प्रदेश १ कि सामाजिक बिकास राज्य मन्त्री बिष्णु तुम्बाङ्फे, प्रदेश १ का पूर्व प्रदेश सदस्य तेजमान कन्द्ङ्वा, श्रीजंगा गाउँपालिकाका उपाध्यक्ष, डा. चित्र माबो, सह–प्रा.डा. मोहन तुम्बाहाङ, भाषाशास्त्री दिलेन्द्र कुरुम्बाङ, कियाचु पूर्व केन्द्रीय सचिब तथा लि.बि.मञ्चका संस्थापक अध्यक्ष नरेन्द्र कुमार केरुङ, कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष तथा बिशिस्ट अधिवक्ता याम योङ्हाङ, आदिवासी अर्थतन्त्रका पि.च.डि. अनुसन्धाता एल.बि. पालुङ्वा, लिम्बुवान आन्दोलनका अथक योद्धा प्रेमदिप थाम्सुहाङ, लिम्बुवान आन्दोलनका अथक योद्धा भविराज तुम्सा, साहित्यकार तथा भाषासेवी सेसेमी से नाल्बो र इतिहासकार टेकरत्न चेम्जोङ रहेका छन् ।

सम्बन्धित खवर