मुहिङगुम अङ्सीमाङ आत्मानन्द सेइङको गरे अब्राहम कोहलले भेटदर्शन - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुहिङगुम अङ्सीमाङ आत्मानन्द सेइङको गरे अब्राहम कोहलले भेटदर्शन

कातिक ९, माङ्सेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनसँग नेदरल्यान्ड निवासी आब्रहम कोहलले भेट दर्शन गरेका छन् ।

मंगलबार माङ्सेबुङ – ५ अवस्थित गुरु निजी आश्रममा अङ्सीमाङ आत्मानन्द ‘सेइङ’सँग अब्राहम कोहल सहित सन्तोष रामापहेली र सूर्य शाहले गुरु भेट दर्शन गरेको थियो।

सो गुरु भेट दर्शनमा आगामी मंसिर १८ गतेको गुरु जन्मोत्सव कार्यक्रममा निमन्त्रणा, किरात धर्म, विश्व शान्ती मानव एकता, रुस र युक्रेनको युद्धले निम्त्याउन सक्ने विकराल स्थितीबारे विविध विषयमा गुरु आत्मानन्द सेइङसँग कोहलले एक घण्टा लामो कुराकानी गर्नुभएको किरात चोत्लुङ अङ्सिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

सो कुराकानीमा किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले विश्व शान्ति मानव एकताले मात्रै शान्ति कायम हुने बताउनु भयो ।

गुरु भेट दर्शन कार्यक्रममा किरात चोत्लुङ अङ्सिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिङ थेगिम, गुरु निजी कृषि समिति सचिव उदयविक्रम तुम्बापो, माङगेन्ना समिति सदस्य पुर्ण कार्की, ललितचन्द्र फियाक, भगिहाङ नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर