गुरु निजी आश्रममा आप्लुङ ताङसेप चोमेन सेवा हुदैं - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गुरु निजी आश्रममा आप्लुङ ताङसेप चोमेन सेवा हुदैं

कातिक ११, माङसेबुङ । किरातेश्वर सिद्ध हाङसाम माङहिममा विश्व शान्ति तथा मानव एकता उधौली चोमेन सेवा आयोजना गरिएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको निजी गुरु आश्रम माङसेबुङ ५ लारुम्बामा अवस्थित माङहिममा विगतका वर्ष झै ५ दिने आप्लुङ ताङसेप चोमेन सेवाको आयोजना गरिएको हो ।

आयोजकका अनुसार शुक्रबार (आज) कात्तिक ११ गते साक्मुरा वदेम्मा गरिएको छ । सेवाको कार्यक्रम अन्तर्गत शनिबार (भोली) कात्तिक १२ गते देवी देउराली र कुलसेवा हुने छ ।

१३ गते सावायेत नाम्धुङ लाधुङसेमी सेवा, कात्तिक १४ गते विशेष भेटघाट र १५ गते अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट फूलमाला ग्रहण सहित आशीर्वाद सँगै कार्यक्रम समापन हुने छ ।

सेवा को आयोजना गुरु निजी आश्रम कृषि समिति र गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिले गरेको जनाइएको छ ।

सम्बन्धित खवर