कातिक २४, इलाम । राष्ट्रिय जनमुक्ति पार्टी इलाम क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यका लागि प्रत्यासी उम्मेद्वार दलप्रसाद लिम्बू (प्रशान्त सावदेन) ले कृषिलाई आधुनिकिकरण गरि अर्ज्ञानिक उत्पादनलाई जोडदिने बताएका छन् ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि चुनावी अभियानमा रहेका प्रशान्त सावदेनले माङसेबुङ न्यूज डटकमसंग कुराकानी गर्ने क्रममा सो कुरा बताएका हुन् ।
निर्वाचन केन्द्रित चुनावी अभियान लागि घरदैलो अभियानमा रहेका सावदेनले आफुले चुनाव जिते इलाम जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण सम्बर्द्धन गर्ने बताएका छन् ।
‘लोपन्मुख जातिहरुको भाषा, संस्कृतिको संरक्षण र उत्थान गर्नेछु’ प्रशान्त सावदेनले भने, ‘आदिवासी जनजातिहरुको भाषा, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण, सम्वर्द्धन र उत्थान गर्न लागि पर्नेछु।’
इलामेली जनतालाई समृद्धिको उपहार दिनलाई भएपनि यस पटक आफूले जित्नै पर्ने उनले जिकिर गरे ।
घर चिन्हमा मतदान घाटाचार अन्त्य अभियान
भन्दै आफ्नो एउटै एजेन्डा भनेको नै इलामको समृद्धि मात्रै रहेको सावदेनको भनाइ थियो ।