कातिक २५, माङसेबुङ । किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द १३८औं जन्मजयन्तीको अवसरमा आज साँझ(शुक्रबार) किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङबाट गुरु निजी आश्रममा माङ आशीर्वचन प्रदान हुने भएको छ ।
महागुरु फाल्गुनन्द लिङ्देन १३८औं जन्मजयन्तीको अवसरमा ताप्लेजुङको केन्द्रीय समारोह कार्यक्रम समापन पश्चात अङ्सीमाङ तथा अङ्सीमामाङहरुको गुरु निजी आश्रममा फिर्तीसवार पश्चात हुने कार्यक्रममा अङसीमाङबाट अमृतमय आशीर्वचन प्रदान हुने गुरु निजी आश्रम कृषि समिति सचीव उदयविक्रम तुम्बापोले बताए ।
किरात धर्मगुरु गुरुआमाको स्वागतार्थ गुरुनिजि आश्रममा १३८ वटा तामाको गाग्री र महागुरु फाल्गुनन्दको सम्झना र सम्मानमा १ हजार ८ दीप प्रज्वलन, विश्व शान्ति तथा मानव एकताको लागि महाबत्ती बालिनुको साथै जलपान कार्यक्रमपछि नाहेन लाङ हुने कृषि समितिका सचिव तुम्बापोले जानकारी दिए ।