मंसिर ६, झापा । झापामा आज मंगलबार तेमेलुङ किरात माङहिम सतासीधामको आयोजनामा येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिका ११, सतासीधाममा अवस्थित तेमेलुम किरात माङ्हिम परिसरमा येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको हो ।
बालाचतुर्दशीको अवसर पारेर लाधुङ सेमी सेवा सम्पन्न गरिएको किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका सदस्य बिचारी लाओतीले बताए ।
विश्व शान्ति तथा मानव एकता एवम् चराचर सृष्टि जगतको रक्षाको निमित किरात मुन्धुम अनुसार सावायेहाङ आप्लुङगेन ताङसेप येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको लाओतीले बताए ।