अङसीमाङको जन्मोत्सवमा माङसेबुङमा सार्वजनिक बिदा - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङको जन्मोत्सवमा माङसेबुङमा सार्वजनिक बिदा

मंसिर १३, माङसेबुङ । किरात धर्मगुरू मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औँ जन्मोत्सवमा माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले सूचना जारी गरेर अङसीमाङको जन्मदिन मंसिर १८ गतेलाई पालिकास्तरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पवित्र धार्मिक तिर्थ माङसेबुङ ५ को लारुम्बामा मंसिर १८ र १९ गते बर्षेनी अङसीमाङको जन्मोत्सव बिशेष धार्मिक समारोहबिच मनाईन्छ ।

अङसीमाङको जन्मोत्सवमा नेपाल लगायत भारतको दार्जिलिङ, सिक्किा, आसाम, भूटान, बर्मा, हङकङ, बेलायत, अमेरिका लगायत स्वदेश तथा बिदेशबाट तिर्थालु भक्तजनहरुको बाक्लो उपस्थिति रहने गर्दछ ।

 

सम्बन्धित खवर