माङसेबुङमा किरात लिम्बू भाषा कामकाजी भाषाको पाँचौं वार्षिक उत्सव मनाइयो - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा किरात लिम्बू भाषा कामकाजी भाषाको पाँचौं वार्षिक उत्सव मनाइयो

  • आन्छुमे नसान(काकीराम लावती)

मंसिर १४, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ५ नम्बर वडा कार्यालयले किरात लिम्बू भाषा कामकाजी भाषा घोषणा गरिएको दिनको वार्षिक उत्सव मनाएको छ ।

स्थानीय किरात लिम्बू भाषालाई कामकाजी घोषणा गरेको चौथो वर्ष पूरा भएको अवसरमा वडा कार्यालयले मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनहरुको गरिमामय देवसमुपस्थितिमा भएको कार्यक्रममा अङ्सीमाङले अमृतमय आशीर्वचन प्रदान गर्नुभएको थियोे ।

वार्षिक उत्सवको अवसरमा भाषाविद् हरिचन्द्र लावतीलाई सम्मान गरेको छ । त्यसैगरी स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा वडाबासीहरु टोल टोलमा र आआफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।

माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रेहाङ राईको प्रमुख आतिथ्यमा भएको कर्यक्रममा अतिथिहरु माङ्सेबुङ वडा नम्बर ३ अध्यक्ष जनम खम्बु, किरात चोलुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष होम लिङ्देन, किरात धर्म साहित्य उत्थान संघ सहसचिव आङ्बुहाङ अबोध अविरल, आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ, किरात याक्थुङ चुम्लुङ प्रतिनिधि अबिशेक एक्तेन, जनता समाजवादी माङसेबुङ अध्यक्ष किसन खजुम, सन्चारकर्मी राम योङहाङ, माङगेन्ना सेवा पुर्व सचीव नन्द नेम्वाङ, गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ र सचीव उदयविक्रम तुम्बापो लगायतको उपस्थिति रहेको थियोे ।

नेपालो इतिहासमा पहिलो पटक स्थानीय किरात लिम्बू भाषालाई कामकाजी भाषा लागू गरिएको स्मरणमा बर्सेनि वार्षिक उत्सव मनाउन थालिएको वडाअध्यक्ष नरेन्द्र राईले बताए । यस्तो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दिपावली गरी वार्षिक उत्सव मनाउने उनले बताए ।

इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५, मा २०७५ साल मंसिर १३ गते स्थानीय भाषाका रुपमा किरत लिम्बू भाषा लाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको थियो । किरात लिम्बू भाषालाई कामकाजी भाषा लागू गरेपछि भाषिक कर्मचारी (दोभासे) को समेत व्यवस्थापन गरेको छ ।

किरात लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष हेमन्तर राईले बताए । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै किरात लिम्बू भाषालाई गाउँपालिकाको कामकाजी भाषा बनाउने समावेश गरेको हुदाँ त्यसका लागि प्राविधिक पक्षको काम भइरहेको उनले बताए ।

वडाअध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षतामा सम्मन्न कार्यक्रममा वडा सदस्य सुरेन्द्र तुम्बाहाङफेले स्वागत मन्तव्य तथा दोभाषे वडा सचिव सुनिल सेर्मा लिम्बूले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर