लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न

मंसिर १४, माङसेबुङ । निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न भएको छ ।

गत कात्तिक ३ गतेबाट सुरु भएको चलचित्र ‘लोजिमा’को छायांकन भारत सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ, जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा सम्पन्न भएको छ ।

लिम्बु संस्कृति तथा जीवन्त प्रेम कथामा आधारित चेतना र सन्देश मुलक चलचित्रको पटकथा तथा सम्बाद सागर केरुङ्ले लेखेका हुन ।

नायीका बिमला खजुम लिम्बूको शीर्ष भूमिका रहेको चलचित्रमा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साराहाङमा पन्धाक, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा र देवि लिम्बू, लगायत अभिनय गरेका छन् ।

मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गरेकी छन् ।

पाथीभरा च्यानलको ब्यानरमा निर्मित चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको छ भने, मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ ।

 

सम्बन्धित खवर