पुस २, माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुबाट गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा प्रदेश नम्बर १ बाट निर्वाचित सांसदहरूलाई प्रदान हुने शुभ आशीर्वाद टिका ग्रहण, शुभकामना आदान–प्रदान एव जलपान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
इलामको माङ्सेबुङ –५, गुरु निजी आश्रम लारुम्बा अवस्थित माङ्सेबुङ विकास समितिको आयोजनामा भोलि (आइतबार) हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजक माङ्सेबुङ विकास समितिका सचिव उदयविक्रम तुम्बापोले बताए ।
कार्यक्रममा प्रदेश १ बाट निर्वाचित प्रदेश तथा संघीय सांसदहरूलाई अङ्सीमाङ तथा अङ्सीमामाङहरुबाट शुभ आशिर्वाद टीका ग्रहण एव आशीर्वचन प्रदान गर्नु हुने भएको छ ।
जलपान कार्यक्रममा १ नम्बर प्रदेशबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित विभिन्न राजनीतिक दलका निर्वाचित सांसदहरूलाई निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ ।