प्रथम जय हुँमागाई स्मृति गोल्डकप प्रतियोगिता हुने - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम जय हुँमागाई स्मृति गोल्डकप प्रतियोगिता हुने

पुस ४, दमक । झापाको दमकमा अन्तरराष्ट्रिय आमन्तृत प्रथम जय हुँमागाई स्मृति गोल्डकप प्रतियोगिता हुने भएको छ ।

झापाको दमक ३ बेलडाँगी खेलमैदानमा आयोजना गरिने आयोजक जय हुँमागाई फाउण्डेसनले आज सोमबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकर सम्मेलन गरेर जानकारी गराएको हो ।

प्रतियोगितामा अमेरिकाको बिवाइएससी मिन्नेसोटा, क्यामरुनको एभनिर एफ.सी., भारत दार्जिलिङको युके एफ.सी., साल्हेस युवा क्लव सिराहा, बिर्तामोड युनाईटेड एफ.सी. झापा, बि.वाई.सी. बेल्डाँगी झापा, पथरीशनिश्चरे १०, सेटल्मेन्ट मोरङ र शान्तिनगर एफ.सी. सुनसरी गरि कुल ८ वटा टिम सहभागी हुनेछन् ।

पुस ६ गतेदेखि शुरु हुने प्रतियोगिता कुल ३४ लाख बढी लागतमा सम्पन्न गरिने आयोजक जय हुँमागाई फाउण्डेसनका अध्यक्ष शिव हुँमागाईले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेतले नगद ३ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यसैगरि उत्कृष्ट खेलाडी, हाई स्कोरर, गोल किपरले नगद २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै प्रत्येक खेलका मेन अफ दी म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका खेलाडीहरुले विभिन्न टीमबाट खेल्ने बताइएको छ ।

प्रतियोगिताको फाईनल खेल पुस १३ गते हुनेछ ।

सम्बन्धित खवर