नरेन्द्र–कमला स्मृति साहित्य पुरस्कार सेसेमी से नाल्बोलाई - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नरेन्द्र–कमला स्मृति साहित्य पुरस्कार सेसेमी से नाल्बोलाई

पुस ७, दमक । किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाले बर्षेनी प्रदान गर्दै आएको नरेन्द्र–कमला स्मृति साहित्य पुरस्कार यस वर्ष लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक झापाका कुलपति साहित्यकार सेसेमी से नाल्बोलाई प्रदान गरिएको छ ।

विर्तामोडस्थित चुम्लुङहिम झापामा बुधबार कियाचु झापा जिल्ला शाखाको आयोजनामा सम्पन्न जग्गादाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको ९५औं जन्मजयन्ती तथा पुरस्कार वितरण समारोह कार्यक्रममा उक्त पुरस्कार साहित्यकार नाल्बोलाई प्रदान गरिएको हो ।

कियाचु संघीय सल्लाहकार जीत बहादुर लाओतीको प्रमुख आतिथ्यतामा साहित्यकार से नाल्बोलाई नगद सहित नरेन्द्र–कमला स्मृति साहित्य पुरस्कार २०७९ सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कियाचु झापा जिल्ला शाखा भवन जग्गादाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको जीवनीवारे चर्चा गरिएको कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकका प्राज्ञ अर्थ रचना लाओतीले पुरस्कृत सेसेमी से.नाल्बोको जीवन चर्चा गरेकी थिइन ।

कार्यक्रममा कियाचु केन्द्रीय सदस्यद्धय अमृत योङ्हाङ, डा भीम सुब्बा, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, कियाचु राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिं सम्बाहाङ्फे, शिव मेन्याङ्बो,जन बहादुर चबेगु, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति/सम्मानित सेसेमी स.नाल्बो लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक प्राज्ञ सचिव तथा पोक्लाबाङ पत्रिका/पोक्लाबाङ न्यूज डट कम सम्पादक डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, दार्जिलिङ कालिङ्पोङ पेरेङगो पत्रिका सम्पादक विशाल नाल्बो, जग्गादाता परिवार माइली बुहारी लक्की थेबे, नाती युवराज आङ्बुहाङ, पालामी अभियन्ता टुपेन्द्र येक्तेन, दमक केलाङ समूह अध्यक्ष बुद्धमाया लाओती लगायतको उपस्थिति रहेको थियो ।

कियाचु झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कियाचु जिल्ला उपाध्यक्ष काली बहादुर खेवाङले राख्नु भएको थियो भने संचालन कियाचु झापा जिल्ला शाखा सचिव प्रेमचन्द्र लिम्बूले गरेका थिए ।

सम्बन्धित खवर