बेदना र रिअरद्वारा अभिनित ‘येन्चान्ना’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेदना र रिअरद्वारा अभिनित ‘येन्चान्ना’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस २१, माङसेबुङ । टंक राज कुलुङ(टिआर होङगेलु)ले परिकल्पना तथा निर्देशनमा बेदना राई र रिअर राईद्वारा अभिनित किरात कुलुङ भाषाको गीत ‘येन्चान्ना’ (चौपा युयान्ना २) को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गरिबी मेटाउन बिदेशिएका प्रेमीको यादमा तड्पीएका प्रेमीकामा जव ३ बर्ष पछि प्रेमी बिदेशबाट फर्किदां छाएको खुशीयाली समेटिएको प्रेम, वियोग र मिलन बिचको कथा प्रस्तुत गरिएको गीत ‘येन्चान्ना’ को म्यूजिक भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो ।

समिना कुलुङ शव्द तथा डक्टर किरातको संगीतमा लोकप्रिय गायीका मेलिना राईको आवाजमा सजिएको गीतको भिडियोमा गंगाराम राईको छायांकन, सम्पादन तथा कलर, बिक्रम गौतमको मेकअप र खिल कुमार राईको कथा रहेको छ ।

विलीम ग्रुपको प्रस्तुतिमा लाहाङ सुव्वाको संगीत संयोजनमा ए वान रेकर्डिङ स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

खिरु कुलुङ, वरिस सोना, आरती नाछिरिङ, रेविका कुलुङ, दुर्गा नाछिरिङ, हिमशिखा कुलुङ, हरि कुलुङ र सयल नाछिरिङको समेत अभिनय रहेको भिडियो विलीम ग्रुप इन्टरटेन्मेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर