चिया मजदुरलाई श्रेष्ठद्वारा न्यानो कपडा वितरण - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चिया मजदुरलाई श्रेष्ठद्वारा न्यानो कपडा वितरण

  • सुक योङहाङ

पुस २५, कचनकवल । कचनकवलका समाजसेवी तथा व्यवसायी पि.के श्रेष्ठ ज्वेलर्स र केशरी फेन्सी स्टोरका प्रोपाईटर पदम बहादुर श्रेष्ठले चिया मजदुरहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

आईतबार झापाको कचनकवलमा एक कार्यक्रमको आयोजना गरि अत्याधिक बढ्दो जाडोलाई छल्न मित्तल टि स्टेटका मजदुरहरुलाई ३० हजार बराबरको ४० थान जम्पर ज्याकेट श्रेष्ठले प्रदान गरेका हुन् ।

यसैगरि सोहि अवसरमा श्रेष्ठले कचनकवल गाउँपालिकामा रहेका माबि स्तरिय खेलकुद प्रतियोगितामा प्रथम भएका लक्ष्मी प्रसाद देवकोटा माबिका क्रिकेट खेलाडी बिद्यर्थीहरुलाई १५ हजार बराबरको जर्सी वितरण गरेका छन् ।

समाजसेवी श्रेष्ठले यसअघि पनि बिभिन्न समयमा गरीबदुखी, असाहय, र बिद्यार्थीहरुलाई समेत न्यानो कपडा र शैक्षिक समाग्रीहरु पनि बितरण गर्दै आईरहेका छन् ।

सम्बन्धित खवर