खिबेक्वा याक्वा सेवा उद्घाटन समारोहको तयारी पुरा, माङगेन्ना सेवा धमाधम हुदैं - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खिबेक्वा याक्वा सेवा उद्घाटन समारोहको तयारी पुरा, माङगेन्ना सेवा धमाधम हुदैं

माघ ४, माङसेबुङ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवा साथै माङवाहाङवा वितरण समारोहको भोलि बिहिबार हुने उद्घाटन समारोहको तयारी पुरा भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित किरातीहरुको धार्मिक तिर्थ स्थल किरात हाङसाम मुजोत्लुङ माङहिमको प्रागणमा प्रदेश १ का बिना बिभागिय मन्त्री तिल कुमार मेन्याङबोको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त समारोहको तयारी पुरा भएको हो ।

यसअघि सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवा साथै माङवाहाङवा वितरण समारोह अन्तरगत बुधबार मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले आफ्नो हस्तबाहुलीबाट दीप प्रज्वलन गर्नु भई सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवाको सुरुवात गरिदिनु भएको छ ।

माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत बुधबार (आज) विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवासँगै माङगेन्ना सेवाको प्रारम्भ गरिएको समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

सावायेहाङ खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण मूल समारोह समितिको आयोजनामा सप्ताह व्यापी आयोजना गरिएको कार्यक्रम बिहिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको समुपस्थितीमा औपचारिक कार्यक्रम गरी खिबेक्वा याक्वा सेवा (उभौली पर्व) मनाउन लागिएको समारोहका अध्यक्ष योङहाङको भनाई छ ।

गतवर्ष सुरु भएको खिबेक्वा याक्वा सेवामा माङवाहाङवा वितरणसँगै सावायेहाङ किरातको कम्ब्राङका लागि प्रत्येकले माङगेन्ना सेवा गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताए । समारोह अन्तर्गत माघ ३ गते किरात साम्जिक मुन्धुम अनुसार साक्मुरा वादेम्मा (गाली श्राप बहन्ती) सम्पन्न भएको छ ।

बिहिबार (माघ ५ गते) सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह प्रमुख अतिथिबाट समुद्घाटन, जातीय झाँकी प्रदर्शन, अतिथिबाट शुभकामना मन्तव्य, तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट धन्यवाद आशीर्वचन प्रदान हुनका साथै साँझ बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको समारोह प्रचारप्रसार उप समितिले जनाएको छ ।

माङगेन्ना सेवाका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाल, चामल, तेल, धागो, पानी, माङगेन्ना फूलहरु र माङगेन्ना भेटी भक्तजनहरु आफैंले व्यवस्थापन गर्नु पर्ने र माङगेन्ना सेवामा उपस्थित हुन नसकेका आफ्ना परिवारजनको हकमा येबो (मैनाम) मार्फत पनि माङगेन्ना गर्न, गराउन सकिने आयोजक समितिले जनाएको छ । समारोहका अध्यक्ष योङहाङका अनुसार सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवा नयाँ महत्वपूर्ण कार्यक्रमको रुपमा गत वर्ष थपिएको हो ।

शुक्रबार (माघ ६) गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट विशेष माङआशीर्वचन हुने भएको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक/पुस्तिका विमोचन हुने कार्यक्रम समेत रहेको छ ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।

सम्बन्धित खवर