दिलिप आङदेम्बेको सत्य कथामा आधारित ‘काडैं काडां’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिलिप आङदेम्बेको सत्य कथामा आधारित ‘काडैं काडां’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ १५, माङसेबुङ । गायक दिलिप आङदेम्बेको आवाजमा गायक स्वयम्कै सत्य कथामा आधारित गीत ‘काडैं काडां’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार इक्साहाङ चेम्जोङको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको गीत ‘काडैं काडां’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

सुत्केरीमा गुमाएको श्रीमतिको यादहरुमा छोरी हुर्काउनु पर्दाको पिडा प्रस्तुत गरिएको भिडियोलाई जीवन बायुङ राईले निर्देशन गरेका हुन् ।

भिडियोमा दिलिप आङदेम्बे, पुष्पाञ्जली तिलिङ मादेन र बाल कलाकार शक्ति आङदेम्बेको अभिनय रहेको छ भने सेन्जी लामाको मेकअप र बिनोद याक्खाको छायांकन रहेको छ ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर