पवित्रहाङमा कप : आज सेमिफाईनल, मिक्लाजुङ मोरङ र ताप्लेजुङ भिड्दै - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : आज सेमिफाईनल, मिक्लाजुङ मोरङ र ताप्लेजुङ भिड्दै

माघ २९, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा नवदिप युवा क्लब मिक्लाजुङ मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ, ताप्लेजुङबिच प्रतिस्पर्धा हुदैंछ ।

आज आइतबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने पहिलो सेमिफाईनल खेल मिक्लाजुङ मोरङ र ताप्लेजुङबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

शनिबार भएको खेलमा जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलामलाई २–१ गोल अन्तरले हराउदैं धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटाको जितमा सिक्नोरीङ मगर र अन्जना थुलुङ राईले एक एक गोल गरिन् । खेलको सुरुवाती तेस्रो मिनेटमानै इलामका सिक्नोरीङ मगरले गोल गर्दै टिमलाई अग्रता दिलाईन् ।

त्यसपछि खेलको पाँचौं मिनेटमा धनकुटाका सुजता चौधरीले गोल गर्दै खेल बराबरीमा फर्काइन् ।

खेलको इन्जुरी समयमा अन्जना थुलुङ राईले गोल गर्दै धनकुटालाई २–१ ले जित दिलाइन् । खेलको वुमन अफ दी म्याच धनकुटाकी बिर्सना चौधरी घोषित भईन् ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित खवर