नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरी खेल्यो - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरी खेल्यो

फागुन ६, माङसेबुङ । दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बराबरी खेलेको छ ।

शनिबार भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा भारतसँग नेपालले गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा नतिजा गोलरहित बराबरीमा सकिएको हो ।

यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।

सम्बन्धित खवर