- आन्छुमे नसान
फागुन ७, माङसेबुङ । गायीका योजना राईको आवाजमा गायक दिलिप आङदेम्बेको सत्य कथामा आधारित गीत ‘काडैं काडां’ को फिमेल भर्जन सार्वजनिक गरिएको छ ।
गीतकार इक्साहाङ चेम्जोङको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको मर्मस्पर्शी गीत ‘काडैं काडां’ को फिमेल भर्जन भिडियो सार्वजनिक गरिएको हो ।
गायक दिलिप आङदेम्बेको धर्मपत्नी स्वर्गीय अनिता केरुङ आङदेम्बे प्रति समर्पित गीतको भिडियो चित्र मिडियाले तयार पारेको हो ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस…