- आन्छुमे नसान
फागुन १६, माङसेबुङ । लोकप्रिय गायीका सबिना योङहाङको सुमधुर आवाजमा सजिएको मनछुने प्रेमिल गीत ‘होलान कोही’ सार्वजनिक गरिएको छ ।
गीतकार निस्मा राईको शब्द तथा गायक तथा संगीतकार सन्तोष राईको संगीतमा सजिएको गीत ‘होलान कोही’ को भिडियो सार्वजनिक गरिएको हो ।
तिमीले छाडेर गएपनि पनि होलान कोहीत मलाई माया गर्ने भन्ने शव्दभावहरु समावेश गरिएको गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् मने मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो भने क प्रडक्शन, किरण राई र सुमन थाम्सुहाङ लिम्बूले तयार पारेका हुन् ।
भिडियो द भ्वाइस अफ नेपाल सिजन ४ कि फस्ट रनरअप सबिना योङहाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…