ब्याजदर वृद्धिको समस्या समाधान नभए जस्तो सुकै आन्दोलन गर्न तयारी छौं : गुरागाई - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्याजदर वृद्धिको समस्या समाधान नभए जस्तो सुकै आन्दोलन गर्न तयारी छौं : गुरागाई

  • मनकुमार गदाल

फागुन १६, दमक । बैक तथा वित्तीय संस्थाहरुवाट लिइएको ब्याजदर वृद्धिको समस्या समाधान तर्फ उन्मुख नभए जस्तो सुकै आन्दोलन गर्ने दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले बताउनु भएको छ ।

वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर ७ दिन भित्र सरकारले बैंंकको ब्याच दर वृद्धिको समस्या समाधान तर्फ वातावरण सिर्जना नगरे जस्तो सुकै आन्दोलन गर्ने अध्यक्ष गुरागाईले बताउनु भएको हो ।

नियमकारी निकाय राष्ट्र बैक र सरकार यस मुद्धामा गम्भीर नभएका कारण ब्यवसाय धरासायी हुन गएको ब्यवसायीहरु पलायनको स्थिति आएको ब्यवसायीका नेता गुरागाई(देवी प्रसाद) ले बताउनु भयो ।

पत्रकारको जिज्ञासामा आर्थिक मन्दीको यस अवस्थामा सम्वन्धि निकाय सरकारले ध्यान नदिएको कारण ब्यापारीले आत्मादह गर्ने सम्मको अवस्था सिर्जना भएको उहाँले जवाफ दिनु भयो ।

आफूहरुको आन्दोलन पनि शान्ति पूर्ण हुने गुरागाईले प्रष्ट पार्नु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठले अहिलेको विषम आर्थिक मन्दीको समयमा आउदो असार महिना सम्म कर्जाको ऋण तिर्ने समय थप गर्नु पर्ने बताउनु भयो ।

पत्रकारको प्रश्नको उत्तर दिदै उधोग वाणिज्य महासंघ बैक ब्याचदरको मुद्धामा चुकेको ब्यवसायीको मुद्धामा मौन बसेको निर्वतमान अध्यक्ष श्रेष्ठले आरोप लगाउनु भयो ।

घर भेटी मानुभावहरुले आफनो घरको घरभाडामा वृद्धि नगर्न अनुरोध गर्दै स्थानिय सरकारले पनि घर वहाल कर ,ब्यवसाय कर लगायतका अन्य करहरुमा छुट सुविधा उपलब्ध गराउन माग गरेको अध्यक्ष गुरागाई द्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

ब्याचदर वृद्धि,आर्थिक मुद्धाहरु केवल ब्यवसायीको मात्र नभएर सर्वसाधारण सबैको भएको हुदा सरोकारवाला सबैले यस आन्दोलनमा साथ दिन वाणिज्य संघको लेखा समिति संयोजक नेत्र चौलागाईले आग्रह गर्नु भयो ।

सम्बन्धित खवर