कोशी नाम खारेजीको माग गर्दै प्रदेश व्यापी आम हड्तालः प्रदेशका मुख्य सहरहरु ठप्प - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी नाम खारेजीको माग गर्दै प्रदेश व्यापी आम हड्तालः प्रदेशका मुख्य सहरहरु ठप्प

फागुन २८, दमक । प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दले प्रदेश नं. १ प्रदेशको जनजीवन प्रभावित भएको छ ।


कोशी प्रदेश नाम खारेजीको माग गर्दै आइतबार (आज फागुन २८ गते) दबाबमूलक प्रदेशव्यापी आम हड्ताल गरेको हो ।


आइतबार विहानदेखि ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलाम बजार, माङसेबुङ, झापाको काँकडभिट्टा, चारआली, विर्तामोड, कादमक, भद्रपुर, मोरङको प्रदेश राजधानी विराटनगर उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरानमा बन्द भइरहेको छ ।


यसरीनै धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुर बजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुर, सोलुको सल्लेरीलगायत स्थानहरुमा प्रदर्शनकारी भेला भएर बन्द सफल पार्न निरन्तर लागेका छन् ।

बन्द गराउन सडकमा उत्रिएपछि प्रदेशको जनजीवन प्रभावित भएको हो । बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेको छैन ।


प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आम हडताल अन्तर्गत एम्बुलेन्स, खानेपानी, विवाह, मरमिराउको, कुटनैतिक नियोग, पत्रकार र मानव अधिकारका गाडीहरु बाहेक सम्पूर्ण व्यापार व्यवसाय, उद्योग कलकारखाना, यातायात, स्कूल, बजार, कार्यालय लगायत प्रदेशव्यापी बन्द गएिको जनाएका छन् ।

सम्बन्धित खवर