कोशी प्रदेश नाम खारेजीका लागि अभियान समिति विस्तार - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी प्रदेश नाम खारेजीका लागि अभियान समिति विस्तार

फागुन ३०, दमक । कोशी प्रदेश नाम खारेजीका लागि चरणवद्ध आन्दोलन भइरहेको छ । आन्दोलनको अभियानलाई निरन्तर सञ्चालन गर्न झापाको विभिन्न ठाउँमा अन्तरक्रियासँगै संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाइएको छ ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको एक घटक संगठन पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिले अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाउने आज झापाको दमकमा सम्पन्न अन्तरक्रिया सँगै कुमारी लाओतीको नेतृत्वमा ९ सदस्यीय दमक नगर स्तरीय अभियान समिति गठन भएको छ।


अभियान समितिका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमको सहजीकरण तथा अभियान समिति झापा जिल्ला अध्यक्ष लक्ष्मी योङहाङको संयोजनमा मंगलबार झापाको विभिन्न स्थानीय तहहरुमा अभियान समिति विस्तार गरिएको छ ।

यसरी संगठन निर्माण गर्ने क्रममा बुद्धशान्ति गाउँपालिकामा देवेन्द्र सेर्मा, बिर्तामोड नगरपालिकामा रिमानध्वोज लोक्ताम, कन्काई नगरपालिकामा लिला कन्दङवाको अध्यक्षतामा अभियान समिति गठन गरिएको अभियान समिति झापाका अध्यक्ष लक्ष्मी योङहाङले बताए ।

अध्यक्ष योङहाङका अनुसार अर्जुनधारा नगरपालिकामा श्याम सेलिङ, झापा गाउँपालिकामा डम्बर इधिङगो, कमल गाउँपालिकामा सूर्य यक्पाङदेन र दमक नगरपालिकामा कुमारी योङहाङ लाओतीको नेतृत्वमा समिति गठन गरिएको छ । अन्य स्थानीय तहमा बुधबार अभियान समिति विस्तार गरिने अध्यक्ष योङहाङको भनाई छ।

यसरीनै पान्थरको मिक्लाजुङ ५ कुरुम्बामा पनि पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान वडन समिति गठन भएको सहकर्मी दुर्गाहाङ लाओतीले जनाएको छ ।


स्थानीय सिंह बहादुर लाओतीको संयोजनमा गठन गरिएको अभियान समितिले चैत २ गते भेला आयोजना गरी व्यापक रुपमा संगठनलाई अगाडि बढाउने जनाइएको छ ।

आजको भेलामा किरात धर्म तथा साहित्य उत्थान संघ मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष मेघराज लाओती, किरात हाङसाम थोक्पेत्चम्मा माङहिम व्यवस्थापन समिति अध्यक्ष टिकाराम लाओती, किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष मणि प्रसाद लाओती र किरात राई यायोख्खा मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष आशिष राई उपस्थित रहनु भएको थियो ।

त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष चुगेन्द्र लाओती, जनता समाजवादी पार्टी मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष मणि प्रसाद लाओती र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मिक्लाजुङ ५ कुरुम्बा अध्यक्ष तेजिन्द्र प्रसाद लाओती लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको सहकर्मी दुर्गाहाङ लाओतीको भनाई छ ।

यसरी आन्दोलनका लागि अभियान समिति विस्तार गर्ने क्रममा अभियान समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङको उपस्थितीमा मोरङको केराबारी गाउँपालिका स्तरीय संयुक्त संघर्ष समिति पनि गठन गरिएको स्थानीय जयकुमार थेगिमले जानकारी दिएका छन् ।


थेगिमका अनुसार संयुक्त संघर्ष समितिमा संयोजक तामाङ घेतुङ संघका याम तामाङ चयन भएका छन् । समितिको सह संयोजक फिपराज लिम्बू, सचिव युवराज राई, कोषाध्यक्ष जयकुमार थेगिम लगायतको समिति गठन गरिएको छ ।

 

सम्बन्धित खवर