युएईमाथि रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकप छनोटमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युएईमाथि रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकप छनोटमा

 


चैत २, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईमाथि रोमाञ्चक जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराउदै जित निकालेको हो ।

यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ ।

युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।

खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । डीएल पद्धतिमा नेपाललाई जितको लागि २ सय ६१ रन भए पुग्थ्यो ।

नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय  इनिङ खेले ।

कुशलले ५० रन बनाए भने आरिफले ५२ रन बनाए । भिमले ६७ रनको योगदान दिदा गुलशन ५० रनमा अविजित रहे ।

कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए ।

आसिफ शेख सुन्य रनमा पेभेलियन फर्किए भने दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे ।

युएईका जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

एकदिवसीयमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो । यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो

युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए ।

यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले ।

रोहन मुस्तफा २० रनमा आउट भए । सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए ।

सन् २०१९ बाट सुरु लिग टूमा नेपालले ३६ खेलमा ४० अंक जोड्यो । र, नेपाल तेस्रो स्थानमा रहन सफल भयो ।

लिग टू को उपाधि स्कटल्याण्डले जित्यो । शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ५० अंक जोड्यो ।

ओमान पनि ४४ अंक जोडेर दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् ।

 

सम्बन्धित खवर