'प्यारो भगवान' लिएर आए सबिना, महेन्द्र र मोहन(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘प्यारो भगवान’ लिएर आए सबिना, महेन्द्र र मोहन(भिडियो सहित)

  • आन्छुमे नसान

चैत ३, काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ४ मा सहभागीता जनाएर पछिल्लो समय नेपाली साँगितिक आकाशमा चर्चा बटुलिरहेकि गायीका सबिना योङहाङ लिम्बू गायकद्वय महेन्द्र बिक र मोहन नेपालीको आवाजमा बिल्कुलै नयाँ गीत ‘प्यारो भगवान’ भिडियो सार्वजनिक गरिएको छ ।


राजेश पायल राई म्युजिक एकेडेमीको प्रस्तुतिमा राजेश पायल राई फाउन्डेसनको निर्माणमा गीतकार डा. भोला रिजाल शव्द तथा राजेश पायल राईको संगीतमा राजेश पायल राईको समेत आवाज रहेको गीत ‘प्यारो भगवान’ भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।

जस्को कोही हुन्न उस्को हुन्छ प्यारो भगवान भन्ने सन्देश बोकेको मनछुने गीत को भिडियोमा बिजय मगरको सहायक निर्देशन, गिताञ्जली योगीको मेकअप, अर्जुन कटवालको सहायक छायांकन रहेको छ भने छायांकन, ड्रोन, सम्पादन तथा निर्देशन सनम तामाङले गरेका हुन् ।


बिसम आचार्यको संगीत संयोजनमा रुविन जोएले प्रिथक स्टुडियोमा रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन् ।

राजेश पायल राई, सबिना योङहाङ लिम्बू, महेन्द्र बिक र मोहन नेपालीको अभिनय रहेको भिडियो राजेश पायल राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

 

सम्बन्धित खवर